
काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले कार्यकारी राष्ट्रपति र प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री अहिलेको आवश्यकता बताउनुभएको छ ।
बिहीबार काठमाडौंमा आयोजित प्रजातान्त्रिक विचार समाजको कार्यक्रममा बोल्दै सांसद केसीले यस्तो बताउनुभएको हो ।
सांसद केसीले अहिलेको राजनीतिक अस्थिरता अन्त्य गर्न पनि कार्यकारी राष्ट्रपति र प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री अहिलेको आवश्यक भएको बताउनुभयो । उहाँले संसदीय व्यवस्था समावेशी व्यवस्था रहेको र सबैको प्रतिनिधित्व गर्ने राम्रो र उपयोगी व्यवस्था भएपनि स्थायित्व र स्थिरताका निम्ति सफल हुन नसकेको बताउनुभयो । उहाँले नेपाली काँग्रेसले सबै राजनीतिक दलहरुसँग समन्वय गरेर संविधान संशोधनका निमित्त नयाँ बाटो खोल्नुपर्ने अहिलेको आवश्यकता रहेको बतानुभयो ।
सांसद केसीले समानुपातिक निर्वाचन प्रणाली अस्थिरतामा आधारित प्रणाली रहेको भन्दै अहिले देखिएको सम्पूर्ण अस्थिरताका कारक तत्वहरुलाई खोलेर एउटा नयाँ बाटो दिनुपर्ने आवश्यकता रहेको उल्लेख गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्