१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


नेपाली काँग्रेसको संसदीय दलको बैठक बस्दै


442
Shares

काठमाडौं । नेपाली काँग्रेसको संसदीय दलको बैठक बस्दैछ । बैठक अहिले बिहान ९ बजे संसद भवन परिसरमा बस्ने जनाइएको छ ।

आज बस्ने बैठकमा संसदीय गतिविधिबारे छलफल हुनेछ । संसदीय दलको बैठकअघि संसदीय दलको कार्यसमितिको बैठक बस्नेछ । प्रतिनिधि सभाको बैठक बस्नुअघि रणनीति तय गर्न बैठक बस्न लागेको हो ।

सहकारी ठगीमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गर्ने विषय पेचिलो बन्दै गइरहेको छ । सत्ता पक्ष र प्रतिपक्षको अडान यथावत भएपछि संसदको गतिरोध अन्त्य हुन नसकेको हो ।