२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


रविलाई कांग्रेसको चेतावनी – कांग्रेसमाथिका लाञ्छना प्रमाणित गर्न नसके परिणाम राम्रो हुँदैन


611
Shares

काठमाडौं । नेपाली कांग्रेसले कांग्रेस नेताहरुमाथि उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले लगाउनुभएको आरोपको पुष्टि गरेर देखाउन चुनौति दिएको छ ।

सोमबार पत्रकार सम्मेलन गरी कांग्रेस प्रमुख सचेतक रमेश लेखकले यस्तो चुनौति दिनुभएको हो ।

प्रमुख सचेतक लेखकले नेपाल सरकारले राज्यका छानबिन गर्नुपर्ने, अनुसन्धान र अभियोजन गर्नुपर्ने अंगहरुलाई, संयन्त्रलाई सहकारीका ठग जोगाउन दुरुपयोग आरोप समेत लगाउनुभयो । उहाँले नेपाली कांग्रेसलाई र कांग्रेसका नेताहरुलाई लगाएको आरोप प्रमाणित गरेर देखाउन नसके परिणाम राम्रो नहुने चेतावनी दिनुभयो ।

प्रमुख सचेतक लेखकले सरकारको काम प्रश्न सोध्ने नभइ काम गर्ने भएको बताउनुभयो ।