
काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
मंगलबार अध्यक्ष सिरोहियालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले थापाथलीस्थित कान्तिपुर मिडियाको कार्यालयबाटै पक्राउ गरेको हो ।
जिल्ला अदालत धनुषाले पक्राउ पुर्जी जारी गरेलगत्तै आजै उनलाई पक्राउ गरिएको हो ।
उपत्यका अपराध अनुसन्धान कार्यालको टोलीले सिरोहियालाई पक्राउ गरेको हो । सिरोहियालाई पक्राउ गर्न अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराई र एसपी रवीन्द्र रेग्मीसहितको टोली पुगेको थियो ।
प्रहरीको टोलीले पक्राउ पुर्जी थमाएर प्रक्रिया पूरा गरी कार्यालयबाट पक्राउ गरेको हो । दोहोरो नागरिकता प्रकरणमा सिरोहियालाई पक्राउ गर्न जिल्ला अदालत धनुषाले आजै अनुमति दिएको थियो । सिरोहियाले भने समाचार लेखेको प्रसिशोध साँघेर आफुलाई पक्राउ गरिएको दाबी गर्नुभएको छ ।
राज्यशक्तिको दुरुपयोग गरेर हुने कुनै पनि प्रतिशोध र हस्तक्षेपबाट आफ्नो समूह विचलित नहुने पनि उहाँको दाबी छ ।
प्रतिक्रिया दिनुहोस्