६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


हैदरावादलाई हराउँदै कोलकाता आइपिएल क्रिकेटको फाइनलमा


1.768k
Shares

काठमाडौं । सनराइजर्स हैदरावादलाई हराउँदै कोलकाता नाइट राइडर्स इण्डीयन प्रिमियर लिग (आइपिएल) टि–ट्वेन्टी क्रिकेटको फाइनलमा प्रवेश गरेको छ ।

गुजरातको अहमदाबादमा गएराति भएको पहिलो क्वालिफायर खेलमा कोलकाता ८ विकेटले विजयी भयो । खेलमा टस जितेर पहिले व्याटिङ गरेको हैदरावाद १९ ओभर ३ बलमा १ सय ५९ रनमा मसेटियो ।

उसका लागि राहुल त्रिपाठीले सर्वाधिक ५५ रन जोडे । कोलकाताका मिचेल स्टार्कले ३ विकेट लिए । जवाफमा १ सय ६० रनको लक्ष्य कोलकाताले १३ ओभर ४ बलमा २ विकेट गुमाएर पुरा ग¥यो ।

कोलकाताको जितमा कप्तान श्रेयर ऐयरको अविजित ५८ रन तथा भेङ्कटेस ऐयरको अविजित ५१ रन महत्वपूर्ण रह्यो । जितसँगै कोलकाता फाइनलमा पुग्दा हैदरावादले भने फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायर खेल्ने अवसर पाएको छ ।

आइपिएल क्रिकेटमा आज राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बैंगलुरु भिड्नेछन् । यो खेलको विजेता टोलीले हैदरावादसँग दोस्रो क्वालिफायर खेल्नेछ ।