२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


कान्तिपुरका अध्यक्ष सिरोहियालाई तीन दिन थुनामा राख्न अनुमति


2.977k
Shares

काठमाडौं । धनुषा जिल्ला अदालतले नागरिकता किर्तेको आरोपमा पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

मंगलबार साँझ काठमाडौंमा पक्राउ पर्नुभएका सिरोहियालाई स्थलमार्ग हुँदै बुधबार बिहान जकपुर पु¥याइएको थियो । धनुषा जिल्ला अदालतका न्यायाधीश न्यायाधीश चुडामान खड्काको इजलाशले सिरोहियालाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।

सिरोहियालाई जिल्ला अदालतमा पेश गर्ने क्रममा र इजलासमा सुनुवाई चल्ने अवधिभर जिल्ला अदालत र आसपास क्षेत्रमा सुरक्षा व्यवस्था निकै कडा बनाईएको थियो । अदालतभित्र प्रवेशमा पनि कडाई गरिएको थियो ।