
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले शुक्रवार काठमाडौं केन्द्रित विरोध प्रदर्शन गर्ने भएको छ ।
बुधबार पार्टी केन्द्रिय कार्यालय सानेपामा बसेको पार्टीको केन्द्रिय समिति र संसदीय दलको बैठकले सो निर्णय गरेको कांग्रेस नेता नैनसिंह महरले बताउनुभयो ।
नेता महरले शुक्रबार कांग्रेसको नेतृत्वमा काठमाडौं केन्द्रित संघर्ष गर्ने र सहकारीको विषयमा पीडित केन्द्रित आन्दोलन गर्ने निर्णय भएको बताउनुभयो । उहाँले पार्टीलाई स्थानीय स्तरसम्म लैजान विभिन्न कार्यक्रमहरु गर्ने निर्णय भएको बताउनुभयो । उहाँले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि काँग्रेसको नेतृत्व गर्नेहरुबाट पार्टीलाई ठिक ठाउँमा पु¥याउन नसकेको जिकिर गर्नुभयो ।
नेता महरले कांग्रेसले आशातित रुपमा काम गर्न नसकिरहेको पनि बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्