२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


संसदीय छानबिन समितिको कार्यादेश टुंग्याउन कार्यदलको बैठक बस्दै


273
Shares

काठमाडौं । सहकारीको रकम अपचलनमा संसदीय छानबिन समिति गठन गर्नका लागि कार्यादेश टुंगो लगाउन कार्यादलको बैठक बस्दैछ ।

बैठक बिहान ९ बजेबाट सिंहदरबारस्थित कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा बस्दैछ । आजको बैठकले कार्यादेशको टुंगो लगाउने बताइएको छ ।

बिहीवार पनि छलफल भएको थियो तर सहमति जुट्न नसकेपछि निस्कर्ष बिहीन भएको थियो । सत्ता पक्षले बिहीवार सहकारीको नाम उल्लेख गर्ने ड्राफ्ट तयार पारेको थियो । त्यसमा नेपाली काँग्रेसले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेकै नाम किटान हुनुपर्ने मँग राख्दै आएको छ ।

सत्ता पक्ष र प्रमुख प्रतिपक्ष दलमा उपप्रधानमन्त्री लामिछानेको नाम किटान गर्ने वा नगर्ने भन्नेमा सहमति जुट्न सकेको छैन ।