
काठमाडौं । नेपाली काँग्रेसले आज सहकारी ठगीविरुद्ध काठमाडौं उपत्यकामा विरोध प्रदर्शन गर्दैछ ।
सहकारी ठगीको आरोप लागेका उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेसहित ठगीमा संलग्नहरूलाई कारवाही र सर्वसाधारणको वचत फिर्ताको माग गर्दै विपक्षी दल काँग्रेसले आज विरोध प्रदर्शन गर्न लागेको हो ।
संघीय संसदमा निरन्तर अवरोध गर्दै आएको नेपाली काँग्रेस अब सहकारी मुद्दालाई लिएर सडकमा उत्रिएको छ । पहिलो चरणमा काठमाडौं उपत्यकामा विरोध प्रदर्शन गर्ने निर्णय गरेको काँग्रेसले यहाँका १५ वटै निर्वाचन क्षेत्रमा केन्द्रिय समितिबाट प्रतिनिधि खटिएका छन् ।
प्रतिक्रिया दिनुहोस्