२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


सत्तापक्ष सहकारी समस्या समाधान गर्न गम्भीर भएन : कांग्रेस


0
Shares

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सत्तापक्ष सहकारी समस्या समाधान गर्न गम्भीर नभएको आरोप लगाएको छ ।

सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपाली कांग्रेसका सांसद जीवन परियारले यस्तो आरोप लगाउनुभएको हो ।

सांसद परियारले प्रधानमन्त्री पुष्पकमल दाहाल सहकारी प्रकरणमा संसदीय छानबिन समिति बनाउन सकारात्मक भएपनि सत्तापक्षका अन्य राजनीतिक दलहरु गम्भीर नभएको बताउनुभयो । नेपाली कांग्रेसले लामो समयदेखि सहकारी पीडितहरु, वचतकर्ताहरुको बचतको सुरक्षा र ति पीडितहरुले अविलम्व आफ्नो वचत रकम फिर्ताको सुनिश्चितता खाजेको बताउनुभयो ।

सांसद परियारले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले गोरखा मिडिया नेटवर्कमा रहँदा विभिन्न सहकारीबाट करोडौँको रकम गोरखा मिडिया नेटवर्कमा र गोरखा मिडिया नेटवर्कमा विभिन्न कम्पनी र व्यक्तिमार्फत रकम पुगेको बारेमा अनुसन्धान गर्न माग गर्दै आएको बताउनुभयो । उहाँले सही ढंगबाट छानबिन हुनुपर्ने कांग्रेसको माग रहेको बताउनुभयो ।

सांसद परियारले सत्ता पक्षले प्रश्तावमा सकारात्मक छाँै भन्ने तर गलत व्याख्या गर्ने गरेको बतउनुभयो ।