१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


ओलम्पिक र एशियाली खेलकुद प्रतियोगितामा सहभागिताका लागि राष्ट्रिय टिम तयार गर्ने


104
Shares

काठमाडौं । सरकारले ओलम्पिक र एशियाली खेलकुद प्रतियोगितामा सहभागिताका लागि राष्ट्रिय टिम तयार गर्ने भएको छ ।

मंगलबार सरकारको तर्फबाट अगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले यस्तो बताउनुभएको हो ।

अर्थमन्त्री पुनका अनुसार खेलकुद प्रतियोगितामा उत्कृष्ट नतिजा हासिल गरी राष्ट्रको प्रतिष्ठा बढाउने राष्ट्रिय टिमका खेलाडीलाई प्रोत्साहन गरिने बताउनुभयो । सरकारले युवाको क्षमता अभिवृद्धि गरी अन्तरनिहित प्रतिभा सार्वजनिक सेवा प्रवाह र उत्पादनमुलक क्षेत्रमा उपयोग गर्न राष्ट्र निर्माणमा युवा परिचालन कार्यक्रम सञ्‍चालन गर्ने बताउनुभयो ।

अर्थमन्त्री पुनले विश्वविद्यालयबाट अध्ययन सम्पन्न गरी कामको खोजीमा रहेका युवालाई विभिन्न सार्वजनिक निकाय र निजी क्षेत्रसँगको सहकार्यमा उद्योग, व्यवसाय, कृषि तथा पशुपंक्षी फर्म, होटल, पर्यटन, निर्माण क्षेत्र लगायतमा कार्यस्थल तालीम प्रदान गरी कम्तिमा एक लाख युवालाई रोजगारी सुनिश्चित गरिने बाउनु भयो । स्वास्थ्य, शिक्षा, पर्यटन, कृषि, सूचना प्रविधि क्षेत्रका एक हजार युवालाई फेलोसीप प्रदान गर्ने बताउनुभयो ।

युवामा उद्यमशीलता प्रवद्र्धन गर्न कर्जाको सहज र सरल पहुँच पु¥याइने, सबैका लागि खेलकुदको अवसर सिर्जना गर्ने, आगामी आर्थिक वर्ष राष्ट्रियस्तरका ८० खेलकुद प्रतियोगिता आयोजना गर्ने बताउनुभयो । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता सुर्खेतमा आयोजना गर्न ६० करोड विनियोजन गरेको बताउनुभयो । नेपालको मौलिक एवं परम्परागत बाघचाल, डण्डिबियो, घोडचढी जस्ता खेललाई प्रवद्र्धन गर्ने, आधुनिक प्रविधिसँग जोडिएको ई–स्पोर्टसको अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना बताउनुभयो ।

अर्थमन्त्री पुनले खेलकुद क्षेत्रको पूर्वाधार निर्माण, सञ्‍चालन र व्यवस्थापनमा निजी क्षेत्रको संलग्नता बढाई खेलकुद अर्थतन्त्रको विकास गर्ने बताउनुभयो ।