८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


विद्यमान जनसंख्या नीति परिमार्जन गरी कार्यान्वयन गर्ने


286
Shares

काठमाडौं । सरकारले आधारभूत र आकस्मिक स्वास्थ्य सेवालाई सर्वसुलभ र गुणस्तरीय बनाउने बताएको छ ।

अर्थमन्त्री वर्षमान पुनले प्रश्तुत गर्नुभएको आगामी आर्थिक वर्षको बजेटमा सो कुरा उल्लेख गरिएको हो ।

स्वास्थ्य संस्थामा अत्यावश्यक उपकरण, औषधि र दक्ष जनशक्तिको आपूर्ति सुनिश्‍चितगर्ने बताएको छ । कीर्तिपुरको वर्न अस्पतालको पूर्वाधार विकास गर्ने, भेरी अस्पताललाई सिकलसेल एनिमिया उपचार केन्द्रको रूपमा विकास गर्ने, नयाँ निर्माण हुने ट्रमा सेन्टरलाई नजिकका स्वास्थ्य संस्थासँगको समन्वयमा सञ्‍चालन गर्ने व्यवस्था मिलाउने,आत्महत्या र मानसिक स्वास्थ्य समस्या निराकरणसम्बन्धी सेवा बिस्तार गर्न मानसिक अस्पताल पाटनको क्षमता अभिवृद्धि गर्ने, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कलेजो प्रत्यारोपण सेवा बिस्तार गर्ने जनाएको छ ।

कर्णाली, पोखरा, पाटन, राप्ती र वि.पि. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा कोशी, नारायणी, भरतपुर, भेरी, डडेल्धुरा र गजेन्द्रनारायण सिंह अस्पतालको क्षमता विकास गरी ५०० शैयामा स्तरोन्नति गर्ने पनि बताएको छ । मन्त्री पुनले स्वास्थ्य बीमा कार्यक्रमका लागि ७ अर्ब ५० करोड विनियोजन गरेको बताउनुभयो । विद्यमान जनसंख्या नीति परिमार्जन गरी कार्यान्वयन गर्ने र जनसाङ्ख्यिक लाभलाई राष्ट्रको समृद्धि र विकासमा उपयोग गर्ने लक्ष्य राखेको बताउनुभयो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयतर्फ ८६ अर्ब २४ करोड विनियोजन गरेको बताउनुभयो ।

सरकारले सिंहदरबार वैद्यखानाको पुर्नसंरचना गरी क्षमता विस्तार गर्ने बताएको छ ।