
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले हिमालहरुको संरक्षणमा आवश्यक पहलकदमी हुन नसकेको बताउनुभएको छ ।
बुधबार काठमाडौंमा आयोजित ७१ औं सगरमाथा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
मुख्यमन्त्री कार्कीले जलवायु परिवर्तनको चपेटामा नेपाल परेको उल्लेख गर्दै अहिले हिउँ नदीहरु क्रमशः सुक्ने, हिमाल कालो हुँदै जाने गरेको बताउनुभयो । उहाँले आरोहणलाई नियमन गर्न जरुरी रहेको बताउनुभयो । उहाँले आरोहणको मापदण्ड व्यवस्थित बनाउन जरुरी रहेको उल्लेख गर्नुभयो । उहाँले ६ हजार मिटरको हिमाल चढेपछि सगरमाथा चढ्न पाइने व्यवस्था हटाइ ८ हजार मिटर माथिको हिमाल आरोहण गरेपछि मात्र सगरमाथा आरोहण गर्न पाउने मापदण्ड बनाउनुपर्ने बतउनुभयो ।
मुख्यमन्त्री कार्कीले ८ हजार माथिका हिमाल आरोहणपछि मात्रै सगरमाथा चढ्न पाउने व्यवस्था गरेको खण्डमा मात्रै नियमन र आरोहणलाई व्यवस्थित बनाउनुका साथै जनताको अर्थिक अवस्थामा सुधार गर्न सकिने उल्लेख गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्