८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


मधेशमा सत्ता समीकरणकै आधारमा सरकार बन्छ : प्रधानमन्त्री दाहाल


0
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले मधेश प्रदेशमा केन्द्रिय सत्ता समीकरणकै आधारमा सरकार निर्माण हुने बताउनुभएको छ ।

बिहीबार विराटनगरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रधानमन्त्री दाहालले यस्तो बताउनुभएको हो ।

प्रधानमन्त्री दाहालले केन्द्रको समीकरण भन्दा बाहिर गएर मधेश प्रदेशमा पनि अर्को सरकार नबन्ने दाबी गर्नुभयो । उहाँले नकेपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेससहितको बैठकमा सहभागी हुनुलाई असहज रुपले नलिएको बताउनुभयो । उहाँले अध्यक्ष नेपाल पहिलाबाटै कहिले यता र उता जोडिने जस्तो देखिएपनि अहिलेको समीकरण भन्दा बाहिर नजानेमा स्पष्ट रहेको बताउनुभयो ।

प्रधानमन्त्री दाहालले कोशी प्रदेशलाई बजेट कम भयो भन्नेकुरा सही नभएको बताउनुभयो । उहाँले प्रदेशको आवश्यकता र परिस्थितिअनुसार पर्याप्त बजेट विनियोजन गरेको बताउनुभयो ।