२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


विश्वकप टी–२० क्रिकेट : नेपाल र अमेरिकाबीचको खेल रद्द


18.616k
Shares

काठमाडौं । विश्वकप टी–२० क्रिकेटअन्तर्गत नेपाल र अमेरिकाबीचको वार्मअप खेल वर्षाका कारण रद्द भएको छ । अमेरिकाको डालसमा बिहीबार बेलुकी वर्षा भएपछि खेल रद्द भएको हो ।

खेलका लागि टस भएपनि वर्षा नरोकिएपछि खेल सुरु नै नभएर रद्द भयो । टस जितेर अमेरिकाले ब्याटिङको निर्णय लिँदै नेपाललाई फिल्डिङमा निम्त्याएको थियो । पहिलो वार्मअप खेलमा नेपाललाई क्यानडाले ६३ रनले हराएको थियो ।

विश्वकप टी–२० क्रिकेट आइतवारदेखि अमेरिका र वेष्ट इंडीजमा सुरु हुँदैछ । नेपालले आफ्नो पहिलो खेलमा मंगलवार नेदरल्याण्ड्सको सामना गर्नेछ । समुह ‘डि’ मा रहेको नेपालले समुह चरणमा नेदरल्याण्डसँगै दक्षिण अफ्रिका, श्रीलंका र बंगलादेशको सामना गर्नेछ ।