
काठमाडौं । दाङमा आज भएको सवारी दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । अटोरिक्सा र मोटरसाइकल एकापसमा ठोक्किँदा दुईजनाको मृत्यु भएको हो । दुर्घटनामा एकजना गम्भीर घाइते भएका छन् ।
मोटरसाइकल चालक बबईका राजेश भण्डारी र मोटरसाइलकमा सवार सोही ठाउँका साकार केसीको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । उनीहरुको उपचारका क्रममा मृत्यु भएको हो ।
दाङ कुमलगडीस्थित कुमलगडीबाट तुलसीपुरतर्फ जादै गरेको अटो र विपरीत दिशाबाट जाँदै गरेको मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनामा परी अटोचालक रुद्रबहादुर थापा गम्भीर घाइते भएका छन् । उनको नेपालगञ्जमा उपचार भइरहेको छ ।
यसै गरी मकवानपुरको मनहरीमा आज बिहान बस दुर्घटना हुँदा २० जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत काँकडभिट्टाबाट नेपालगञ्ज जाँदै गरेको ना.५ ख ५५१५ नम्बरको यात्रुबाहक बसको अगाडिको पट्टा भाचिँदा मनहरीमा बस अनियन्त्रित भइ दुर्घटना भएको मकवान प्रहरीले जनाएको छ ।
घाइते ११ जनाको स्थानीय मेडिकलमा उपचार भइरहेको छ भने बाँकी नौ जनाको उपचारका लागि चितवन पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्