२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


१७ सयले बढ्यो सुनको मूल्य


2.314k
Shares

काठमाडौं । सुनको मूल्यले नयाँ उचाई कायम गरेको छ ।

शुक्रबार सुनको मूल्य प्रतितोला एक हजार ७०० रुपैयाँले बढेर एक लाख ४२ हजार २०० रुपैयाँमा पुगेको छ ।

त्यसैगरी, तेजावी सुन एक लाख ४१ हजार ५०० रुपैयाँमा खरिद बिक्री भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासघले जनाएकोछ ।

शुक्रबार चाँदीको मूल्य भने घटेको छ । यस दिन चाँदीको मूल्य प्रतितोला २५ रुपैयाँले घटेर एक हजार ८७५ रुपैयाँमा किनबेच भईरहेको छ ।