
काठमाडौं । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले भलिबलको लागि आवासीय कबर्ड हल बनाउने बताउनुभएको छ ।
शनिबारबाट काठमाडौंमा सुरु भएको आठौं एनभिए महिला तथा पुरुष भलिबल प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री श्रेष्ठले यस्तो बताउनुभएको हो ।
मन्त्री श्रेष्ठले आगामी आर्थिक वर्षमा भलिबलको लागि एउटा आवासीय कबर्ड हल बनाउन कुरामा छलफल भइरहेको र बन्नेमा आशावादी रहेको बताउनुभयो । उहाँले नेपालमा भलिबल खेलको निकै ठूलो सम्भावना रहेको बताउनुभयो । उहाँले भलिबलको लागि राम्रो कभर्ड हल बनाउने चुनौति अहिले रहेको बताउनुभयो ।
मन्त्री श्रेष्ठले खेल क्षेत्रको विकासका लागि सबै मिलेर लाग्नुपर्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्