७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


बीपी राजमार्गमा टाइम निर्धारणले ट्रक व्यवसाय धरासायी : व्यवसायी


3.003k
Shares

सिन्धुली । सिन्धुलीको बीपी राजमार्गमा टाइम निर्धारणले ट्रक व्यवसायी धरासायी भएको सिन्धुलीका ट्रक व्यवसायीहरुले बताएका छन् ।


सिन्धुलीको सदरमुकाम सिन्धुलीमाडीमा सिन्धुली ट्रक व्यवसायी संघको सातौ वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनका अवसरमा अध्यक्ष तारा बहादुर दाहालले सो कुरा बताउनु भएको हो ।

अध्यक्ष दाहालले सिन्धुलीको बीपी राजमार्गमा राति ९ बजेदेखि बिहान ५ बजेसम्म मात्र बीपी राजमार्गमा ट्रक सञ्चालन गर्नुपर्ने बाध्यताले ट्रक व्यवसाय रात्रिकालीन व्यवसाय बनेपछि व्यवसाय नै संकटमा पुगेको बताउनु भएको हो ।

जिल्लामा विगतमा दुई सय ट्रक व्यवसायी रहेकोमा अहिले ५०÷६० वटा मात्र ट्रक रहेर व्यवसायीहरू पलायन हुदै गएका छन् ।


सिन्धुलीको वीपी राजमार्गमा समय निर्धारणले गर्दा व्यवसायी मर्कामा परेकाले साँझ ५ बजेदेखि बिहान ७ बजेसम्म ट्रक सञ्चालन गर्न पाउनु पर्ने सिन्धुली ट्रक व्यवसायी संघको माग छ ।

सिन्धुली जिल्लाका ट्रकहरुले तराईका जिल्लाहरुबाट सिन्धुली हुदै रामेछाप, दोलखा, ओखलढुंगा, सोलुखुम्बु लगायतका पहाडी जिल्लाहरुमा सामानहरु ढुवानी गर्दै आएका छन् ।