१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


गृहमन्त्रीले हुकुमी शासन देखाउनुभयो : सांसद खतिवडा


988
Shares

काठमाडौं । नेपाली काँग्रेसका सांसद रामहरी खतिवडाले ट्राफिक कारवाहीमा परेकाहरुलाई सडकमा स्वयंसेवा गर्न लगाउने कामलाई रोक्न माग गर्नुभएको छ ।

आइतबारको प्रतिनिधि सभा बैठकमा आकस्मिक समयमा बोल्दै सांसद खतिवडाले गृहमन्त्रीले हुकुमी शासनको भरमा ट्राफिक कारबाहीमा परेकालाई सडकमा उतारेर स्वयंसेवा गराएको भन्दै सो काम तुरुन्त रोक्नुपर्ने बताउनुभएको हो ।

सांसद खतिवडाले मुलुकलाई कानूनी शासन अनुसार चलाउनुपर्ने भन्दै कानून बिना त्यसरी मानिसलाई सडकमा ल्याउनु नहुने बताउनुभयो । उहाँले कानून बनाएर मात्रै सो काम गर्न आग्रह गर्नुभयो । उहाँले गृहमन्त्रीलाई पत्रकार हुँदाजस्तो बोलेर र ट्वीट गरेर मुलुक नचलाउन पनि आग्रह गर्नुभयो ।

‘ट्राफिकमा काम गर्ने महिला दिदीबहिनीहरुलाई चार दिन पिरियडको समयमा बिदा दिने कामको शुरुवात गर्नुभएछ । कानुन बनाएर गर्दा असाध्यै राम्रो हो यसलाई हामी स्वागत गर्न चाहान्छौँ । राम्रो कामलाई धन्यवाद पनि दिन चाहन्छौँ । तर मुलुक हुकुमी शासनमा चल्ने होइन । कानून अनुसार चल्नुपर्छ । कुनैपनि काम गर्दा कानून निर्माण गरेर, कानूनी राज्य अनुसार चल्नुपर्छ भन्ने हाम्रो अवधारणा हो ।’ सांसद खतिवडाले भन्नुभयो ।

भन्नुभयो मिडिया ट्रायल गरेर मुलुक नचलाउन भन्दै यस सम्बन्धमा सभामुखको रुलिङको समेत माग गर्नुभयो ।