२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


संसदमा आज पनि बजेटमाथि छलफल हुने


117
Shares

काठमाडौं । आज संघीय संसद्का दुवै सदन (प्रतिनिधिसभा र राष्ट्रियसभा)को बैठक बस्दै छ ।

प्रतिनिधिसभाको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ भने राष्ट्रियसभाको बैठक मध्याह्न १२.१५ बजेका लागि बोलाइएको छ ।

प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालको संविधानको धारा ५३ बमोजिमको ‘नेपाल सरकारको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७९÷०८०’ पेस गर्ने कार्यसूची छ ।

बैठकमा आर्थिक वर्ष २०८१÷०८२ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफल जारी रहने संसद् सचिवालयले जनाएको छ । आइतबारदेखि जारी छालफल मंगलबार सकेर पास गर्ने तयारी रहेको छ ।

यस्तै आज बस्ने राष्ट्रियसभाको बैठकमा पनि राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफल हुने जारी रहने जनाइएको छ ।