८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


दुई वटा संसदीय समितिको बैठक बस्दै


234
Shares

काठमाडौं । आज दुई वटा संसदीय समितिको बैठक बस्दैछ ।

जसअन्तर्गत मध्यान्ह साढे १२ बजे सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दैछ । बैठकमा सार्वजनिक नीतिको आवश्यकता, महत्व, कार्यान्वयन अवस्था लगायत विषयहरुका सम्बन्धमा छलफल हुनेछ ।

त्यस्तै बिहान ११ बजे बस्ने संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा लुम्बिनी विकास कोषबाट भएका काम कारवाही, प्रमुख सवाल, समस्या र भावी कार्ययोजना, समितिसँगको अपेक्षा सम्बन्धी छलफल हुनेछ ।