
काठमाडौं । बजेटपछि लगातार ओरालो लाग्दै आएको शेयर बजार बुधबार पनि घटेको छ ।
उतार चढावकाबीच परिसुचक ५ अंक बढीले ओरालो लाग्दा नेप्से २ हजार ७९ बिन्दुमा झरेको छ ।
करिब ४ अर्बको कारोवार भएको बजारमा अधिकांश उपसुचक ओरालो लागेका छन् । म्युचुअल फण्ड समूहमा करिब ५ प्रतिशतको बृद्धि आउदा लघुवित्त, वित्त, उत्पादन समूहमा सामान्य अंकको वृद्धि आयो । अरु सबै समूह ओरालो लागेका छन् ।
घटेको बजारमा पनि भगवति हाइड्रोपावर कम्पनीका लगानीकर्ताले १० प्रतिशत कमाएका छन् । कारोवारका हिसाबमा एनआरएन इन्फ्रास्ट्रक्चर र सिईडिबी हाइड्रोपावर कम्पनी अग्रस्थानमा रहे । आज ३ सय ६ कम्पनीको ८० लाख कित्ता शेयर ३ अर्ब ९९ करोड बढीमा किनबेच भएको नेप्सेले जनाएको छ ।
बुधबार ८३ कम्पनीको शेयर मूल्य बढ्दा १ सय ५८ कम्पनीको घटेको छ ।
प्रतिक्रिया दिनुहोस्