
काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गतको छनोट खेलमा नेपालले आज संयुक्त अरब इमिरेट्स (युएई)को सामना गर्नेछ । खेल नेपाली समय अनुसार बेलुका पौने दश बजे साउदी अरबको दम्मामस्थित प्रिन्स मोहमद विन फहद स्टेडियममा हुनेछ ।
एसियाली फुटबल महासंघ (एएफसी) ले मैदानको अवस्था र सुरक्षा व्यवस्थामा चासो राख्दै काठमाडौंको दशरथ रंगशालालाई खेल गराउन अयोग्य जनाएपछि तटस्थ मैदानको रुपमा साउदी अरबयिामा खेल हुन लागेको हो । नेपाल र यमन बीचको खेल पनि यही रंगशालमा हुनेछ ।
समूह ‘एच’ मा रहेको नेपालले यसअघिका चारै खेलमा पराजय भोगेको छ । नेपाल युएईसँग ४–० र यमनसँग २–० ले पराजित भएको थियो । त्यस्तै नेपालले बहराइसँगको पहिलो खेल ५–० र दोस्रो खेल ३–० ले गुमाएको थियो ।
समूह एचमा नेपालले ४ खेल खेलिसक्दा एक गोल पनि गर्न सकेको छैन । सउदी अरबयिामा हुने दुई खेल पछि नेपालका गोलकिपर किरण लिम्बु देशका लागि सय खेल खेल्ने कोशेढुंगा पार गर्दैछन् ।
प्रतिक्रिया दिनुहोस्