
काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि संशोधन परेका मन्त्रालयसँग छलफल सुरु गर्नुभएको छ ।
बिहीबार मन्त्रालयमा मन्त्री गिरीले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि विषयगत रुपमँ छलफल गर्नुभएको हो ।
छलफलका क्रममा उहाँले विधेयकमा सहमति जुट्न नसकेका मन्त्रालयका मन्त्रीहरुसँग छलफल गरेको बताउनुभयो । उहाँले १० वटा मन्त्रालयसँग सम्बन्धित विधेयकहरुमा संसदको समितिमा सहमति नजुटेकाले सोही विषयमा छलफल गरेको बताउनुभयो । उहाँले छिटै नै छलफललाई टुंग्याएर केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकलाई टुंगोमा पु¥याउने गरी काममा जुटेको बताउनुभयो ।
मन्त्री गिरीले सरकारले संसदमा केही नेपाल ऐन संशोधन गर्ने विधेयक दर्ता गर्न लागेको र सो विधेयकमा समावेश भएका विषयसँग सम्बन्धित मन्त्रीसँग छलफल गरेको बताउनुभयो । उहाँले श्रम तथा रोजगार मन्त्री डोलप्रसाद अर्याल, सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा र ऊर्जा, जलस्रोत र सिंचाईमन्त्री शक्ति बस्नेतसँग छलफल गर्नुभएको हो । आज नै स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप यादव र खानेपानीमन्त्री राजेन्द्रकुमार राईसँग पनि छलफल गर्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्