८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


राजनीतिक, आर्थिक, सामाजिक जीवनमा सकारात्मक प्रयास ल्याउन संघर्ष गर्दैछौं : प्रधानमन्त्री दाहाल


91
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले सुशासन, सामाजिक न्याय, आर्थिक समृद्धिलाई प्राथमिकतासहित राजनीतिक, आर्थिक, सामाजिक जीवनका क्षेत्रमा सकारात्मक प्रयास ल्याउन संघर्ष गरिरहेको बताउनुभएको छ ।

शुक्रबार काठमाडौंमा नेकपा (माओवादी केन्द्र) समाज कल्याण विभागको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले यस्तो बताउनुभएको हो ।

प्रधानमन्त्री दाहालले सामाजिक क्षेत्रलाई उच्च महत्व दिएर हामीले समाजवादी क्रान्तिको आधार तयार पार्न र त्यसका निमित्त जनमत निर्माण गर्न सकिने बताउनुभयो । उहाँले मुल नीति विदेशी सहायतामा मात्र निर्भर हुने नभइ आफ्नै पुँजी, आफ्नै जनशक्ति, सिप र प्रविधिको प्रयोग गर्ने सोच, नीति र कार्यक्रम अघि सार्न जरुरी रहेको बताउनुभयो । उहाँले विश्वव्यापीकरणको परिस्थितिमा गैरसकारी संस्थाहरुलाई राज्यको प्राथमिकताका आधारमा नियमन, निर्देशन र परिचालन गर्ने हाम्रो नीति हुुनुपर्ने पनि बताउनुभयो ।

प्रधानमन्त्री दाहालले सामाजिक क्षेत्रलाई राजनैतिक र सामाजिक रुपान्तरण र समाजवादको लक्ष्यसँग जोड्ने प्रवृत्ति नै सही प्रवृत्ति भएको बताउनुभयो ।