२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


‘संसदमा गाँजाको झोला लैजान मिल्ने तर व्यवसायिक र कानूनी वैधानिकता दिन किन नमिल्ने’


8.879k
Shares

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले गाँजाले बनेको झोला बोकेर बजेट प्रस्तुत गरेको बताउनुभएको छ ।

अर्थमन्त्री पुनले शक्रुबार प्रतिनिधि सभाको कृषि समितिले बजेटमा उल्लेख भएको ‘गाँजा व्यावसायिक उत्पादन गर्ने’ सम्बन्धी छलफलमा अर्थमन्त्री पुनले यस्तो बताउनुभएको हो ।

अर्थमन्त्री पुनले जनताको सार्वभौम संसदमा गाँजाको झोला छिर्न मिल्ने तर व्यवसायीक र कानूनी रुपमा खोल्न नमिल्ने भन्ने नहुने बताउनुभयो । बजेटमा गाँजाको विषयमा किन व्यवस्था गरियो र सरकारले आगामी दिनमा कसरी कार्यान्वयन गर्छ भन्ने विषयमा उहाँले धारणा राख्नुभएको थियो ।