
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज शपथ लिँदै हुनुहुन्छ ।
एनडीए गठबन्धनबाट सरकार बनाउने दाबी पेश गरेपछि राष्ट्रपति द्रौपदी मुर्मुले मोदीलाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको हो ।
शपथ ग्रहण समारोह आज नेपाली समय साँझ ७.१५ बजे हुने राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ । मोदीको शपथग्रहण समारोहमा छिमेकी देशका शीर्ष नेताहरुले सहभागिता जनाउने भएका छन् ।
केन्द्रीय सरकारको विज्ञप्ति अनुसार राष्ट्रपति द्रौपदी मुर्मुले शपथग्रहण समारोहमा सहभागी विदेशी नेताहरुका लागि राष्ट्रपति भवनमा रात्रिभोजको आयोजना गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्