
सिन्धुली । सिन्धुलीमा मोटरसाइकल दुर्घटना हुँदा गस्तीमा खटिएका दुई जना प्रहरीको मृत्यु भएको छ ।
प्रहरी चौकी रत्नावतीबाट प्रदेश ३–०२–००१ ब ४७९ नम्बरको मोटरसाइकलमा नियमित गस्तीमा खटिएका कमला नगरपालिका–९ घर भएका प्रहरी सहायक निरीक्षक (असई) रवीन्द्रकुमार ठाकुर र सोही मोटरसाइकलको पछाडि सवार भिमादनगरपालिका–७ तनहुँ घर भएका प्रहरी सहायक हवल्दार सूर्यकुमार श्रेष्ठको मृत्यु भएको हो ।
सोल्पाडाँडाबाट गस्ती गरेर प्रहरी चौकी रत्नावतीतर्फ फर्कने क्रममा प्रहरी सहायक निरीक्षक ठाकुरले चलाएको मोटरसाइकल आइतबार साँझ अनियन्त्रित भएर सडकबाट ५० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालयका प्रमुख, प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेले जानकारी दिनुभयो ।
सहायक निरीक्षक ठाकुरको घटनास्थलमै मृत्यु भएको हो भने गम्भीर घाइते भएका सहायक प्रहरी हवल्दार श्रेष्ठलाई उपचारका लागि काठमाडौंको महाराजगञ्जस्थित नेपाल प्रहरी अस्पतालमा ल्याइएकामा अस्पतालले मृत घोषणा गरेको हो ।
प्रतिक्रिया दिनुहोस्