२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


७ दिन भित्र भाडाका सटर खाली गराउन सामुदायिक विद्यालयलाई काठमाडौं महानगरको अल्टिमेटम


1.872k
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरपालिका भित्रका सामुदायिक विद्यालयले भाडामा लगाएका सटरहरु ७ दिन भित्र खाली नगरे कारबाही गर्ने चेतावनी दिएको छ ।

सोमबार महानगरपालिकाले बानेश्वरस्थित बानेश्वर रत्नराज्य माध्यमिक विद्यालय लगायतका सामुदायिक विद्यालयहरुले भाडामा दिएका सटरहरु खाली गर्न निर्देशन दिएको हो ।

सात दिन भित्र व्यवसायिक प्रयोजनका सटरहरु खालि नगरे कारबाही प्रक्रिया अघि बढाउने महानगरले जनाएको छ । अनुगनका क्रममा काठमाडौं महानगरपालिकाका शिक्षा अधिकृत केशव ज्ञवालीले काठमाडौं महानगरपालिका सामुदायिक विद्यालयहरुमा विभिन्न खालका टहरा र सटर बनाएर भाडामा लगाउने र भाडा लिने गरेको बताउनुभयो ।

उहाँले महानगरभित्र ३७ वटा विद्यालयले सटर भाडामा दिएको बताउनुभयो । सामुदायिक विद्यालयमा अहिले विद्यार्थीको चाप बढेको र विद्यार्थीहरुलाई कक्षा कोठा साँघुरो भएकाले महानगरपालिकाले विद्यालयको स्थान विद्यार्थीहरुका लागि नै प्रयोजन गर्ने हेतु यो नीति लिएको बताउनुभयो ।

महानगरले आइतबारबाट यस अभियान अघि बढाएको हो । यो अभियानले साँघुरो भएको विद्यालयहरुलाई खेल स्थानको व्यवस्थापन र कक्षा कोठा बिस्तार गर्न सहयोग पुग्ने बताइएको छ ।