
काठमाडौं । पूर्वराष्ट्रपति डा. रामवरण यादवले संविधान र लोकतन्त्रलाई बचाएर लैजाने दायित्व नेपाली कांग्रेसको भएको बताउनुभएको छ ।
पूर्वराष्ट्रपति यादवले संविधानलाई अघि बढाउने र लोकतन्त्रलाई बचाउने दायित्व कांग्रेसका अगुवाहरुको भएको बताउनुभएको हो ।
शैलजा आचार्यको १५ औं स्मृति दिवसको अवसर पारेर सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले लोकतन्त्रमाथि विश्वभर खतरा भएकाले त्यसलाई जोगाउने काममा लाग्नुपर्ने बताउनुभयो । कांग्रेस विपी विचारमा अडिएको उल्लेख गर्दै पूर्वराष्ट्रपति यादवले त्यसैको अनुशरण गर्दै हिँड्नुभएकी शैलजा आचार्यको योगदानको पनि उच्च मूल्यांकन गर्नुपर्ने बताउनुभयो ।
प्रथम राष्ट्रपति यादवले नेपालमा अझै पनि लोकतन्त्रलाई पूर्णरुपमा आत्मासात गर्न नसक्ने राजनीतिक पार्टीहरु रहेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्