२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


राष्ट्रपति पौडेल आज स्विट्जरल्यान्डको जेनेभा जाँदै


325
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल आज स्विट्जरल्यान्डको जेनेभा जाँदै हुनुहुन्छ । अन्तर्राष्ट्रिय श्रम सम्मेलनको १ सय १२ औँ उच्चस्तरीय सत्रमा आयोजना हुने ‘सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धनको उद्घाटन मञ्चमा सहभागी हुन उहाँ आज साँझ त्यसतर्फ जान लाग्नु भएको हो ।

राष्ट्रपति पौडेलले जेठ ३१ गते सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धनको उद्घाटन मञ्चलाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । साथै उहाँले यही जेठ ३० गते स्विस महासंघका राष्ट्रपति विओला आमर्डसँग द्विपक्षीय भेटवार्ता गर्नुहुनेछ ।

नेपालका राष्ट्र प्रमुख र स्विस महासंघका राष्ट्रपतिबीच यसरी द्विपक्षीय भेटवार्ता हुन लागेको यो पहिलोपटक हो । भ्रमणपछि राष्ट्रपति पौडेल असार १ गते जेनेभाबाट जर्मनीको बर्लिन प्रस्थान गर्ने परराष्ट्र मन्त्रालयलले जनाएको छ ।

राष्ट्रपति पौडेलले असार ३ गते जर्मनीका राष्ट्रपतिसँग औपचारिक वार्ता गर्नुहुनेछ । उहाँ असार ५ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ ।