१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक बस्दै


78
Shares

काठमाडौं । संघीय संसद्अन्तर्गत आज प्रतिनिधि सभाको बैठक बस्दैछ । बैठक आज बिहान ११ बजे बस्दैछ ।

बैठकमा प्रेम सुवालले विनियोजन विधेयक, २०८१ अन्तर्गत शहरी विकास मन्त्रालय, रक्षा मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय शिर्षकको खर्च रकममा उल्लेखित रकम घटाईयोस् भनी खर्च कटौतीको प्रश्ताव प्रश्तुत गर्नुहुने कार्यसूची छ ।

त्यस्तै डा. अमरेशकुमार सिंहले विनियोजन विधेयक, २०८१ अन्तर्गत शहरी विकास मन्त्रालय, रक्षा मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय शिर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ गरियोस् भनी खर्च कटौतीको प्रश्ताव प्रश्तुत गर्नुहुनेछ ।

त्यस्तै अजयकुमार चौरसियाले विनियोजन विधेयक, २०८१ अन्तर्गत शहरी विकास मन्त्रालय शिर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ गरियोस् भनी खर्च कटौतीको प्रश्ताव प्रश्तुत गर्नुहुनेछ ।

राजेन्द्रकुमार के.सी.ले विनियोजन विधेयक, २०८१ अन्तर्गत रक्षा मन्त्रालय शिर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ गरियोस् भनी खर्च कटौतीको प्रश्ताव प्रश्तुत गर्नुहुनेछ भने माननीय सुरेन्द्रराज आचार्यले विनियोजन विधेयक, २०८१ अन्तर्गत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय शिर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ गरियोस् भनी खर्च कटौतीको प्रश्ताव प्रश्तुत गर्नुहुनेछ ।

त्यस्तै जीवन परियारले विनियोजन विधेयक, २०८१ अन्तर्गत कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय शिर्षकको खर्च रकमलाई घटाइ एक रुपैयाँ गरियोस् भनी खर्च कटौतीको प्रश्ताव प्रश्तुत गर्नुहुनेछ ।

त्यसैगरि विनियोजन विधेयक, २०८१ को शहरी विकास, रक्षा, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, कानून, न्याय तथा संसदीय मामिला शिर्षकको बजेटमाथि छलफल हुने कार्यसूची छ ।