
एजेन्सी । पाकिस्तानको पूर्वी पञ्जाव प्रान्तमा एउटा ग्यास ट्याङ्कर र कार ठोक्किँदा ६ जनाको मृत्यु भएको मोटरवे प्रहरीले जनाएको छ ।
दुर्घटना चकवल जिल्लामा भएको थियो । जहाँ दुवै सवारी एक आपसमा ठोक्किएर खाल्डोमा खसेको प्रहरीले जनाएको छ । ट्याङ्करमा लागेको आगो छिट्टै निभाइएको थियो ।
ट्यांकरको ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीले जनाएको छ । ब्रेक फेल भएर सडकको बीचको पर्खालमा ठोक्किएपछि आउँदै गरेको कारसँग ठोक्किएको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्