
काठमाडौं । संखुवासभामा पहिरोमा पुरिएर एकजनाको मृत्यु भएको छ । चिचिला गाउँपालिका–३ सोलाखानीमा पहिरोले पुरिएर एकजनाको मृत्यु भएको हो । पहिरोमा परेर अन्य दुईजना घाइते भएका छन् ।
बुधबार रातिको अविरल वर्षाका कारण खसेको पहिरोमा परेर अरुण तेस्रो जलविद्युत् आयोजनाका मजदुर बर्दिया घोराभिट्टाका गंगाराम थारुको मृत्यु भएको हो । मकवानपुरका उमेश कार्की र गोविन्द थारू घाइते भएको प्रहरीले जनाएको छ ।
उनीहरू निदाएका बेला पहिरो खसेको हो । जलविद्युत् आयोजनाले कामदारका निम्ति निर्माण गरेका १४ वटा कोठामध्ये ३ वटा पुरिएका छन् ।
प्रतिक्रिया दिनुहोस्