
काठमाडौं । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले सरकार पुरातन शैलीमा चलेको आरोप लगाउँदै सरकारलाई दिएको समर्थनबारे विचार गर्ने बेला आएको बताउनुभएको छ ।
शनिबार काठमाडौंमा राष्ट्रिय स्वतन्त्र पार्टीको स्थापनाको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै खेलकुदमन्त्री श्रेष्ठले यस्तो बताउनुभएको हो ।
खेलकुदमन्त्री श्रेष्ठले सरकार पुरातन र कर्मकाण्डी हिसावमै चलेको र आफूहरु खल्तीमा राजीनामा पत्र बोकेर हिँडेको बताउनुभयो । उहाँले राजीनामा पत्रमा मिति मात्रै लेख्न बाँकी रहेको उहाँको भनाइ थियो । उहाँले कुनैपनि कुरामा रास्वपामाथि अनावश्यक, अनाधिकृत हिसावले सम्झौता गर्न लगाए राष्ट्रिय स्वतन्त्र पार्टीबाट सरकारबाट बाहिरिने चेतावनी दिनुभयो । उहाँले वर्तमान राजनीतिक परिस्थितिमा एक पटक सरकारलाई दिएको समर्थनबारे समीक्षा गर्ने बेला भएको बताउनुभयो ।
मन्त्री श्रेष्ठले रास्वपाले आशा र सम्भावना जीवित राखेर काम गरिरहेको बताउनुभयो । उहाँले खेलकुद क्षेत्रलाई व्यवस्थित गर्नेकुरामा आफूहरुले काम पूरा गरेको बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस्