
काठमाडौं । नेकपा एमालेका सांसद अच्युतप्रसाद मैनालीले मधश प्रदेशमा हत्याका घटनाहरु बढेको भन्दै नियन्त्रणका लागि सरकारको ध्यानाकर्षण गराउनुभएको छ । आइतवारको प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।
सांसद मैनालीले मधेश प्रदेशका विभिन्न जिल्लाहरुमा दिनदहाडै हत्याका श्रृंखलाहरु बढ्दै गएको भन्दै सरकारले आवश्यक ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले भारतबाट खुला सीमाका कारण नेपालमा आएर हत्या गर्ने, सुटरहरु नेपाल प्रवेश गर्ने र हत्या गर्ने हुनाले हत्याका घटनामा उल्लेख्य वृद्धि भएको भन्दै रोकथामका लागि आवश्यक पहल गर्न आग्रह गर्नुभयो । उहाँले अपराधीलाई अविलम्व नियन्त्रण गरी कानूनको दायरामा ल्याउन आवश्यक रहेको बताउनुभयो ।
सांसद मैनालीले भन्नुभयो, ‘मधेशमा एक दशकअघि जुन राजनीतिक आवरणमा हत्या र हिंसाका श्रृंखला भएको थियो, धेरै मानिसहरु बिस्थापित हुनुप¥यो । त्यो पीडालाई बिर्सिएर मधेस संग्लिँदै गइरहेको अवस्थामा हत्या जुन हिसावले बढ्दो रुपमा छ । यसको अविलम्व नियन्त्रण, अपराधीलाई कानूनको दायरामा ल्याउनका लागि र सीमा पारीको प्रशासनसँग पनि समन्वय गरेर प्रशासनले सक्रियता अपनाओस् । सम्बन्धित निकायमा आवश्यक निर्देशनको लागि सम्माननीय सभामुखमार्फत अनुरोध गर्दछु ।’
सांसद मैनालीले सीमा पारीको प्रशासनसँग मन्वय गरेर प्रशासनले सक्रियता अपनाउन आवश्यक रहेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्