१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


मुस्लिम समुदायले आज बकर इद पर्व मनाउँदै


299
Shares

काठमाडौं । मुस्लिम धर्मावलम्बीले आज बकर इद पर्व मनाउँदैछन् ।

बकर इद पर्व रमजान अर्थात् इदुल फित्र पछिको दोस्रो ठूलो चाड हो । रमजान पर्वको ७० औं दिनमा बकर इद मनाउने धार्मिक विधि छ । तीन दिनसम्म मनाइने यो पर्वलाई ‘इद–उल–जुहा’ पनि भनिन्छ ।

बलिदानीको पर्वका रुपमा लिइने बकर इद मुस्लिम महिना जुल हिज्जाको दसौं दिन मनाउने गरिन्छ । आजको दिन मस्जिदमा जम्मा भई विशेष नमाज पढ्ने गरिन्छ ।

आजको दिन जामे मस्जिदमा नमाज पढिसकेपछि धर्मले जायज मानेका जनावरलाई कुर्बानी अर्थात बली दिने र एकापसमा शुभकामना आदानप्रदान गर्ने प्रचलन छ ।

कुर्बानीको मासु तीन भागमा वितरण गरिन्छ । एक भाग गरिव, एक भाग इष्टमित्र र अर्को भाग आफूले राख्ने परम्परा रहि आएको छ । बकर इदकै उपलक्ष्यमा आज सरकारले सार्वजनिक बिदा दिएको छ ।