
फाइल तस्विर
काठमाडौं । लगातारको वर्षाका कारण पृथ्वी राजमार्गमा पहिरो गएपछि राजमार्ग अवरुद्ध भएको छ ।
आइतबार रातिदेखि परेको पानीका कारण आएको पहिरोले पृथ्वी राजमार्गको मुग्लिङ–नौबिसे सडक खण्ड अवरुद्ध भएको हो ।
चितवनको इच्छाकामना–३ फिस्लिङ र मोवाखोलाको बीचमा पहिरो गएको इलाका प्रहरी कार्यालय मुग्लिङले जनाएको छ ।
पहिरो गएपछि रातिदेखि नै लेदो पन्छाउने काम थालिए पनि सडक खुल्न सकेको छैन । सडक सञ्चालन हुन केही समय लाग्ने प्रहरीले जनाएको छ । पहिरोका कारण दुवैतर्फका सवारीसाधनहरु रोकिएर यात्रुहरु अलपत्र परेका छन् ।
प्रतिक्रिया दिनुहोस्