१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


मुस्लिम धर्मावलम्बीहरुले मनाए बकर इद (तस्बिरहरु)


299
Shares

काठमाडौं । मुस्लिम धर्मावलम्बीहरुको दोस्रो ठूलो चाड बकर इद (इदुल जोहा) आज देशभर मनाइँदै छ ।

आज बिहानै मुस्लिम धर्मावलम्बीहरुले शुद्ध भइ नजिकैको मस्जिद वा इदगाहमा गइ सामुहिक नमाज पढी एक आपसमा मित्रवत रुपमा शुभकामना साटासाट गरेका छन् ।

काठमाडौंको जामे मस्जिद लगायतका विभिन्न मस्जिदहरुमा मुस्लिम धर्मावलम्बीहरुको भीड छ । उनीहरुले एक आपसमा शुभकामना साटासाट गरी बकर इद मनाइरहेका छन् ।

हिजरी संवत् अनुसार १४३९ वर्ष पहिले अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माएल अलेह सलामलाई बलिदान गर्न तयार भएको सम्झनामा यो पर्व मनाउन थालिएको हो । बकर इदको अवसरमा सरकारले आज सार्वजनिक बिदा समेत दिएको छ ।