
काठमाडौं । लगातारको वर्षाले डुम्रे–बेँसीसहर सडकखण्ड अवरुद्ध भएको छ । बेँसीसहर नगरपालिका–१ दलालमा लेदोसहितको पहिरो जाँदा आज बिहानदेखि सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
सडक खुलाउन प्रहरी टोली परिचालन भए पनि निरन्तर पानी परिरहेकाले समस्या भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।
सडक अवरुद्ध हुँदा बेँसीसहरबाट काठमाडौं, पोखरा, चितवनलगायतका स्थानमा जाने यात्रु र त्यहाँबाट बेँसीसहर र बेँसीसहर हुँदै हिमाली जिल्ला मनाङ जाने यात्रुहरु समस्यामा परेका छन् ।
प्रतिक्रिया दिनुहोस्