
काठमाडौं । नेपाली कांग्रेसकी सांसद चन्दा चौधरीले रोष्ट्रममै बजेट पुस्तिका च्यात्ने राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको कदमको समर्थन गर्नुभएको छ ।
मंगलबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद चौधरीले मन्त्रीहरुले आफ्नो निर्वाचन क्षेत्र केन्द्रित गरेर बजेट विनियोजन गरेका बताउनुभयो । उहाँले मन्त्रीहरुलाई आफ्नो निर्वाचन क्षेत्रका लागि मात्रै मन्त्री बनेको हो भनि प्रश्न गर्नुभयो ।
सांसद चौधरीले लिङ्देनले पीडाका कारण भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको बजेट पुस्तिका च्यातेको भन्दै सो कामको समर्थन गर्ने बताउनुभयो । उहाँले बजेट पुस्तिका च्यात्नुपर्ने खालको रहेको उल्लेख गर्दै एकजनाले च्यातेपछि सबैले च्यातेजस्तो हुने पनि बताउनुभयो ।
उहाँले भौतिक पूर्वाधार मन्त्रालयको बजेट धनुषा जिल्लामा मात्रै बजेट केन्द्रित गरिएको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्