
काठमाडौं । आम जनता पार्टीका अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री पुष्पकमल दाहालको नैतिकतामाथि प्रश्न उठाउनुभएको छ ।
मंगलबार प्रतिनिधि सभा बैठकमा गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, राष्ट्रिय योजना आयोग, उपराष्ट्रपतिको कार्यालय र राष्ट्रपतिको कार्यालयको विनियोजित बजेटमाथिको छलफलमा भाग लिँदै प्रभु साहले सो टिप्पणी गर्नुभएको हो ।
अध्यक्ष साहले प्रधानमन्त्री दाहाल आफ्नो बोलीमा अड्न नसकेकाले पदमा बसिरहन नमिल्ने अवस्था आएको जिकिर पनि गर्नुभयो । प्रधानमन्त्रीले संघमा ३ करोड भन्दा घटीको योजना रहँदैन भन्ने गरेपनि त्यो लागू नभएको उल्लेख गर्दै उहाँले आफ्नै कुरामा टिक्न नसक्ने प्रधानमन्त्रीले नैतिक रुपमा पनि पदमा बस्न नमिल्ने बताउनुभयो । अध्यक्ष साहले नेपाली जनताले तिरेको कर पहुँचवालाको लागि मात्रै वितरण गर्ने काम गर्न नहुने बताउनुभयो ।
अध्यक्ष साहले नेपाली जनतामा विश्वासको ठूला खडेरी देखापरेको उल्लख गर्दै त्यसलाई चिर्ने गरी काम गर्न पनि सरकारलाई दबाब दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्