
काठमाडौं । आज राष्ट्रिय सभाअन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दैछ ।
बैठक आज दिउँसो १ बजे सिंहदरबारमा बस्ने जनाइएको छ ।
बैठकमा श्रम तथा रोजगार, श्रमिक तथा कामदार, वैदेशिक रोजगार, सामाजिक सुरक्षाको अवस्था नीति, कानून, संरचना लगायत मन्त्रालयबाट भए गरेका कामकारवाही, समस्या, भावी कार्ययोजना र समितिसँगको अपेक्षाका बारेमा छलफल हुनेछ ।
प्रतिक्रिया दिनुहोस्