१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


पुल्चोक, नेपाल ल र टियु सेन्टर क्याम्पसका विद्यार्थीले इन्टर्नसिप गर्दा न्यूनतम पारिश्रमीक पाउने


416
Shares

काठमाडौं । पुल्चोक इन्जिनियरिङ क्याम्पस, नेपाल ल क्याम्पस र टियु सेन्टर क्याम्पसका विद्यार्थीले इन्टर्नसिप गर्दा न्युनतम पारिश्रमीक पाउने भएका छन् ।

बिहीबार क्याम्पसमा एक कार्यक्रमबीच ६ वटा विभिन्न कन्स्ट्रक्शन र एयरलाइन्स कम्पनीहरुसँग विद्यार्थीहरुका लागि इन्टर्नसिपमा न्युनितम पारिश्रमीक उपलब्ध गराउने सम्झौता भएको हो ।

नेपाली कांग्रेस निकट भ्रातृ संगठन नेपाल विद्यार्थी संघको पहलमा तीन वटा कलेजमा पाइलट प्रोजेक्टमा रुपमा अघि बढाइएको नेपाल विद्यार्थी संघका सभापति दुजाङ शेर्पाले बताउनुभयो । उहाँले व्यवस्था परिवर्तन भएपनि विद्यालय र विश्वविद्यलयलाई परिवर्तन गर्न नसकिएको अवस्थामा नेविसंघको पहलमा पुल्चोक इन्जिनियरिङ क्याम्पस, नेपाल ल क्याम्पस र टियु सेन्टर क्याम्पसलाई पाइलट प्रोजेक्टको रुपमा इन्टर्नसिपमा न्युनतम पारिश्रमीक उपलब्ध गराउने सम्झौता गरिएको बताउनुभयो । उहाँले इन्टर्नसिप गर्दा न्युनतम पारिश्रमीक दिनेकुरालाई बिस्तारै देशव्यापी रुमा अघि बढाउने योजना रहेको बताउनुभयो ।

यता, पुल्चोक इन्जिनियरिङ क्याम्पस प्रमुख डा.इन्द्रप्रसाद आचार्यले त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानअन्तर्गत इन्जिनियरिङमा अध्ययन विद्यार्थीहरुका लागि इन्टर्न गर्नुपर्ने अनिवार्य प्रावधान रहेको र इन्टर्नसिपका लागि न्युनतम पारिश्रमीक दिनुले विद्यार्थीहरुलाई राम्रो हुने बताउनुभयो । उहाँले इन्टर्नसिपका लागि विभिन्न कम्पनीहरुले चासो देखाइरहेको पनि बताउनुभयो । उहाँले बिना पैसामा इन्टर्नसिप गर्ने भन्दा न्युनतम पारिश्रमीक दिने कुराले विद्यार्थीहरुका लागि राम्रो हुने बताउनुभयो ।

उहाँले विद्यार्थीहरुलाई इन्टर्नमा पारिश्रमीक दिँदा धेरै सुविधा हुने बताउनुभयो ।