२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


पदको दुरुपयोग नगरीकन बजेट विनियोजन गरेका छौं : गृहमन्त्री लामिछाने


416
Shares

काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले पदको दुरुपयोग नगरीकन बजेट विनियोजन गरेको बताउनुभएको छ ।

बिहीबार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै गृहमन्त्री लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट सरकारमा गएका मन्त्रीहरुले पदको दुरुपयोग नगरीकन सन्तुलित रुपमा बजेट विनियोजन गरेको दाबी गर्नुभएको हो ।

गृहमन्त्री लामिछानेले बजेटमा आफूले सकेजति र नागरिकले भनेको आवश्यकताअनुसार विभिन्न ठाउँमा प्राथमिकीकरण गरेर बजेट ल्याएको बताउनुभयो । उहाँले बजेट पास गरिसकेपछि आफ्नो निर्वाचन क्षेत्र चितवन गएर नागरिकहसँग अन्तरक्रिया गर्ने बताउनुभयो ।

गृहमन्त्री लामिछानेले बजेट निर्माणको प्रणालीमा नै समस्या रहेको उल्लेख गर्नुभयो ।