७ बैशाख २०८२, आइतबार | Mon Apr 21 2025


तीन संसदीय समितिको बैठक बस्दै


221
Shares

काठमाडौं । आज एकै पटक तीन वटा संसदीय समितिको बैठक बस्दैछ ।

जसअन्तर्गत मध्यान्ह सवा १२ बजे उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्दैछ । बैठकमा नेपाल सिमेन्ट उत्पादक संघबाट प्राप्त निवेदनका सन्दर्भमा संघका प्रतिनिधिहरूसँग छलफल हुनेछ ।

त्यस्तै दिउँसो १ बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा पुरानो संसद भवनको पुननिर्माण सम्बन्धमा, निर्माणाधीन संसद भवन निर्माणको प्रगति विवरण सम्बन्धमा छलफल हुनेछ ।

त्यस्तै मध्यान्ह १२ बजे बस्ने संसदीय सुनुवाई समितिको बैठकमा प्रस्तावित निर्वाचन आयुक्तको सुनुवाइ प्रारम्भ हुनेछ ।