
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले पार्टीको महाधिवेशनलाई कसैले रोक्न नसक्ने बताउनुभएको छ ।
नेपाल खेलकुद महासंघ, समाजवादीले ललितपुरमा आयोजना गरेको मैत्रीपूर्ण फुटबल प्रतियोगितमा बोल्दै झलनाथ खनालले यस्तो बताउनुभएको हो ।
झलनाथ खनालले असार १६ गतदेखि पार्टीको महाधिवेशन आएको भन्दै पार्टीको महाधिवेशन रोक्नसक्ने कुनैपनि शक्ति नेपालमा अहिले नरहेको बताउनुभयो । उहाँले महाधिवेशन सफलतापूर्वक सम्पन्न हुने बताउनुभयो । उहँँले पार्टीको महाधिवेशनलाई सफल बनाउन एकतावद्ध हुनुपर्ने बताउनुभयो । उहाँले महाधिवेशनलाई ऐतिहासिक, प्रगति, एकता, पुनःगठको महाधिवेशन बनाउन आग्रह गर्नुभयो ।
सम्मानित नेता खनालले पार्टीको महाधिवेशन कम्युनिष्ट आन्दोलनको इतिहासमा नै महत्वपूर्ण ऐतिहासिक महाधिवेशन हुन लागेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्