
एजेन्सी । इजरायलले गरेको हवाई आक्रमणमा गाजामा ३८ जनाको मृत्यु भएको छ । घटनामा थुप्रै घाइते भएका छन् ।
इजरायली सेनाले लडाकु विमानहरूले हमासको सैन्य पूर्वाधार साइटहरूमा आक्रमण गर्दा थुप्रै भवनहरु भग्नावशेषमा परिणत भएका छन् । हमलापछि भग्वावशेषमा दर्जनौ च्यापिएको आशंकामा खोजी कार्य जारी छ ।
गाजाको सिभिल डिफेन्स फोर्सका अनुसार इजरायलले गाजाको शरणार्थी शिविर अल–शाती क्षेत्रमा रहेको आवासीय ब्लकहरुलाई पटक पटक निशाना बनाउँदै आएका छन् । हवाई आक्रमणका क्रममा देखिएको दृश्यमा धुँवाको मुश्लोकाबीच घाइतेहरुलाई बोकेर उद्धार गरेको देखिएको छ ।
यसैबीच इजरायली समाचार माध्यमहरुले हमासका एक वरिष्ठ अधिकारीलाई लक्षित गरी आक्रमण गरेको जनाएका छन् ।
यसैबीच युरोपियन युनिएनले गत शुक्रबार गाजामा रहेको इन्टरनेशनल कमिटी अफ रेड क्रस (आईसीआरसी) कार्यालयमा भएको गोलाबारीको निन्दा गरेको छ । जसमा आफनो परिसर वरपर आश्रय खोजेका २२ व्यक्तिको मृत्यु भएको इयुले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्