२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


डुबेर बैतडीमा दुईजनाको मृत्यु


13
Shares

बैतडी । पानीमा डुबेर बैतडीमा दुईजनाको मृत्यु भएको छ । एक जना बेपत्ता रहेका छन् ।

ट्याङ्कीको पानीमा डुबेर पुर्चाैडी नगरपालिकाका एक बालकको मृत्यु भएको हो । मृत्यु हुनेमा जिल्लाको पुर्चाैडी– १० महरागाउँका शेरसिंह महराको ५ वर्षका छोरा मुकेश महरा रहेका बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक बलराम पाण्डेले जानकारी दिनुभयो । घर आँगनमै खेलिरहेका मुकेश नजिकै रहेको पानी ट्याङ्कीमा डुबेका थिए । ट्याङ्कीमा डुबेर घाइते भएका मुुकेशको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

यस्तै महाकाली नदीमा डुबेर शिवनाथ गाउँपालिका १ स्वालाकी १५ वर्षीया रजनी चाँडको मृत्यु भएको छ । शिवनाथ गाउँपालिका १ कुस्मतघाटस्थित महाकाली नदीमा नुहाउने क्रममा डुबेर रजनी बेपत्ता भएकी र डुबेको केहीबेरपछि नेपाल प्रहरी र स्थानीय बासिन्दाले रजनीको मृत शरिर फेला पारेको हो ।

रजनीसंगै महाकालीमा नुहाउन गएकी सोही ठाउँकी १२ वर्षीया अस्मिता चाँड बेपत्ता रहेकी छन् । बेपत्ता अस्मिताको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । अस्मिताको खोजीका लागि स्थानीय बासिन्दासँगै नेपाल प्रहरी, सशस्त्र प्रहरी परिचालन गरिएपनि अवस्था अज्ञात छ ।